सूचना, शिक्षा तथा मनोरञ्जन दिने उदेश्यका साथ नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मीक) नेपाल रुकुमद्धारा सञ्चालित रेडियो गेमी त्रिवेणी एफएम, ९४.३ मेगाहर्ज रुकुम जिल्लाकै एक सर्वाधिक प्रशारण पहुँच भएको सामुदायिक रेडियो हो । प्रदेश नं. ६ अन्र्तगत पर्ने रुकुम जिल्लाको सदरमुकाम मुसिकोट नगर पालिका वडा नंं. १ खलंगा वजारबाट हाल यस रेडियो प्रशारण भईरहेको छ । पाँच सय वाट क्षमता भएको यस रेडियोको प्रसारण पहुँच रुकुम जिल्लाको सबै भूभाग र छिमेकी जिल्लाहरु सल्याण, जाजरकोट, दैलेख, सुर्खेत, रोल्पा, दाङ्ग, बाग्लुङ्ग लगायत करिब एक दर्जन भन्दा बढी जिल्लाहरुमा सुन्न सकिन्छ । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयबाट मिति २०७० साल असोज ०६ गते इजाजतपत्र प्राप्त गरी २०७१ साल मंसिर १४ गतेबाट यस रेडियोले आफ्नो परिक्षण प्रसारण सुरु गरेको हो । परिक्षण प्रसारण यात्रा सुरु गरे लगत्तै केही महिनापछि नियमित कार्यक्रममा जोडिएको यस रेडियोलाई नियमित प्रसारणका लागि नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले मिति २०७२ साल असोज १५ गते स्वीकृति प्रदान गरेको हो । नियमित प्रसारणको औपचारिक मान्यता प्राप्त गरेसंगै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपाल बाट मिति २०७२ साल चैत्र ८ गते यस रेडियोको औपचारिक उद्घाटन समेत गरिएको हो । साथै यस रेडियो सामुदायिक रेडियो प्रसारक संघ (ACORAB) मा पनि सदस्य रेडियोको रुपमा आवद्ध छ । स्थानीय मगर खाम, राष्ट्रिय भाषा लगायतका कार्यक्रमहरु उत्पादन गरी प्रसारण भईरहेको यस रेडियोले केन्द्रिय नेटवर्कबाट प्रसारण हुने विभिन्न कार्यक्रमहरु पनि प्रसारण गर्दै आईरहेको छ ।