आठविसकोट नगरपालिकाको १४ वटै वडामा डिजिटल हाँजिरी सेवा

गेमी समाचार डेस्क - रुकुम, १५ फागुण । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले १४ वटै वडामा डिजिटल हाँजिर प्रणाली लागु गरेको छ । सेवाग्राहीलाई छिटो छरितो ढंगले सेवा दिन र कर्मचारीको काममा प्रभावकारिता ल्याउन नगरपालिकाले डिजिटल हाँजिर सेवा लागू गरेको हो ।

 

नगरपालिकाले सबै वडामा डिजिटल हाँजिरको व्यवस्था गरेसंगै तत्काल सिसि क्यामरा पनि जडान गर्न लागेको छ । नगरपालिकाको सबै वडामा डिजिटल हाँजिर सुरु भईसकेकाले अब नगरपालिकामा रहेका १४ वटै बिद्यालयमा पनि डिजिटल हाँजिरको व्यवस्था गर्ने काम सुरु गरिएको छ । यस्तै नगरपलिका भित्र रहेका सबै वडाका बिद्यालयमा समेत सिसि क्यामरा जडान गरिने र त्यसको लागी आबश्यक सामान खरिद गर्ने काम भइरहेको आठबिसकोट नगरपालिकाले जनाएको छ ।

 

भौगोलक हिसाबले जिल्लाको दुर्गम नगरपालिका मानिने आठविसकोट नगरपालिका प्रबिधिको हिसावले सबैभन्दा अगाडि देखिएको छ । यसैबिच चौरजहारी नगरपालिकाले पनि नगरभित्रका सबै वडामा डिजिटल हाँजिरी सेवा सुरु गर्ने र केही वडामा भने सुरु गरिएको नगरपालिकाले बताएको छ ।

प्रतिकृया दिनुहोस