रुकुम पश्चिममा स्वास्थ्य बीमा कार्यक्रम सुरु


गेमी समाचार डेस्क - रुकुम, २७ फागुण ।


रुकुम पश्चिममा आईतबारदेखी स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको छ । आर्थिक जोखिमलाई न्यूनिकरण गर्ने उदेश्यका साथ नेपाल सरकारले संचालित गरेको स्वास्थ्य बीमा कार्यक्रम रुकुम पश्चिममा पनि सुरु गरिएको हो ।

 

औपचारिक रुपमा स्वास्थ्य बीमा दर्ता कार्यक्रमको शुभारम्भ गरिएसंगै अब रुकुम पश्चिमका सबै नागरिकहरु स्वास्थ्य बीमा कार्यक्रममा लाभान्वित हुने भएका छन् । स्वास्थ्य बीमा कार्यक्रमको पहिलो दिन रुकुम पश्चिमबाट चारजनाले स्वास्थ्य बीमा कार्यक्रममा नाम दर्ता गरेका छन् । औपचारिक रुपमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बीमा गर्ने जिल्लाको रुपमा रुकुम पश्चिम २९औं जिल्लामा परेको छ ।

 

स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएसंगै जिल्लाका सबै स्थाीनय तहमा स्वास्थ्य बीमाको टोली पुग्ने र घरदैलो मार्फत स्वास्थ्य बीमा संकलन गर्ने बताईएको छ । आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य सेवा सुनिश्चत गर्नका लागि नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई अघि बढाएको छ ।

 

स्वास्थय बीम दर्ताका लागि दुई हजार पाँच सय रुपैंया लाग्ने छ । तर, अति गरिवलाई एक सय प्रतिशत गरिवलाई ७५ प्रतिशत र सिमान्तृत गरिवलाई भने ५० प्रतिशत योगदान रकममा छुट गरिएको छ । 
 

 

प्रतिकृया दिनुहोस