गाउँपालिका स्तरीय बेमौसमी तरकारी बाली उत्पादन तालिम

 

मनिषा राई - रोल्पा, ३० फागुण ।


रोल्पाको सुनछहरी गाउपालिका पाँच पोवाङ मा तीन दिने गाउपालिका स्तरीय बेमौसमी तरकारी बाली उत्पादन  प्रबिधि तालिम  सप्पन्न भएको छ।सुनछहरी गाउपालिकाको आयोजनामा भएको तालिममा सुनछहरी गाउपालिका (१ सेरम,२ भित्री गाम,३ बाहिरी गाम,४ स्युरी, ५ जैमाकसला,६ फगाम,७ जेलबाङका २१ जना  अगुवा कृषक हरुको उपस्तिथि रहेको थियोे ।

 

उक्त तालिम फागुन २८ गते देखि ३० गतेआज सम्म तीन दिन चलेको थियो। तालिममा कृषकहरुलाइ नर्सरी ब्याबस्थापन, तरकारी बालीको महत्त्व, कमपोस्ट मल बनाउने तरिका, सिमि खेती प्रबिधि, च्याउ खेती प्रबिधि, केरा खेती प्रबिधि, टमाटर खेती प्रबिधि, अलैंची खेती प्रबिधि, काउली खेती प्रबिधि, बन्दागोपी खेती प्रबिधि, लसुन खेती प्रबिधि, लगायत कृषि सम्बन्धी अन्य कुरा हरु सिकाइएको थियो।

 

तालिमको प्रशिक्षक हरुमा सुनछहरी गाउपालिका कृषि शाखा प्रमुख शिवकुमार झा,जेलबाङका जेटिए बालाराम थापा, फगामका जेटिए कृष्णा गिरि, कृषि सेवा केन्द्र पोवाङ्का प्राबिधिक कर्तराम चौधरी लगायतले प्रशिक्षण दिनुभएको थियो।

 

प्रतिकृया दिनुहोस