विश्व उपभोक्ता दिवस रोल्पामा ¥याली सहित मनाईयो

मनिषा राई  - रोल्पा, १ चैत ।
विश्व उपभोक्ता दिवस रोल्पामा ¥याली निकालेर मनाईएको छ । जिल्ला प्रशाशन कार्यालय रोल्पाको आयोजनामा आयोजित उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता भन्ने मुल नाराका साथमा विश्व उपभोक्ता दिवस २०७४ को अवसरमा रोल्पा नगरपालिकाको लिबाङ बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

 

बिपिन कुँवरको सन्चालनमा आयोजित कोणसभामा रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका उपाध्यक्ष विश्व कुमार चन्द, नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष देवी गुरुङ, रोल्पा नगरपालिकाका उपमेयर मनकुमारी घर्ती, जिल्ला प्रशाशन कार्यालय रोल्पाका निमित्त प्रमुख जिल्ला अधिकारी मुकुन्द शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले उपभोक्ताहरु आफनै सचेत हुनुपर्नेमा जोड दिएका थिए । यसैगरी जिल्लाका ब्यापारिक स्थानमा अनुगमन, नियमन हुनुपर्नेमा बक्ताहरुको जोड थियो ।

 

यसैबिच रोल्पा नगरपालिकाको कार्यालय रोल्पाले २०७५ बैसाख महिनामा प्रथम मेयरकप खेलकुद प्रतियोगिता २०७५ को आयोजना गर्ने भएको छ । जसका लागि नगर उपप्रमुख मनकुमारी घर्तीमगरको संयोजकत्वमा १८ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । जसमा भलिबल संघ, फुटबल संघ, क्रिकेट संघ, एथलेटिक्स संघ, रेफ्रीसंघ, तेकवान्दो संघ, कराँते संघ, बक्सीङ संघ, ब्याडमिन्टन संघ, टेबल टेनिस संघ, सुनछहरी कलाकेन्द्र, जिल्ला खेलकुद विकास समिति, जिल्ला प्रहरी कार्यालय रोल्पा, ४ नम्बर वडा, ७ नम्बर वडा, ३ नम्बर वडा, नेपाल पत्रकार महासघ रोल्पा लगायत सदस्य रहने गरी एक मुल समारोह समिति गठन गरेको छ ।

 

यसैगरी विभिन्न सल्लाह तथा परार्मशका लागि नगर प्रमुख पुर्ण केसीको संयोजकत्वमा जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, नगर प्रशाशकीय प्रमुख सावित्रा पुन थापा, सामाजिक विकास अधिकृत लिलाराम सुनार, कार्यक्रम अधिकृत नवराज रोका क्षेत्री सम्मिलित एक समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस