प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र 

गेमी समाचार डेस्क - रुकुम, ११ भदौ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा नम्वर ७ मा निर्माणाधिन दश बेडको प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र अवस्थामा रहेको छ । भवन निर्माणको जिम्मा लिएको ठेकेदारको ढिला सुस्तीका कारण वर्थिङ्ग सेन्टर सहितको प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र बनेको हो ।

 

निर्माणाधिन भवनको काम शतप्रतिशत सकिएको तर मापदण्ड अनुसार प्रयोगमा नआउँदा त्यस भवन अझै संचालनमा आउन सकेको छैन । २०७१ साल असार दोस्रो सातामा भवन निर्माणको काम सम्पन्न गर्नेगरी प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीमा भवनको काम सुरु गरिएको थियो । तर चार वर्ष बितिसक्दा समेत प्राथमिक स्वास्थ्य केन्द्रको भवन प्रयोग विहिन बनेको छ । 

 

साविकको कोटजहारी गाविसमा भवन निर्माणका लागि सहरी विकास तथा निर्माण विभाग भवन डिभिजन कार्यालय रोल्पाले २ करोड ८६ लाख अनुदान प्रदान गरेको थियो । तर ठेकेदारको ढिलासुस्ती र लापर्वाहीले गर्दा हालसम्म भवन निर्माणको कामले पूर्णता पाएको छैन । मापदण्ड अनुरुप भवन संचालनमा नआउँदा चौरजहारी नगरपालिकाको वडा नम्वर ६, ७, ८ र ९ का स्थानीयलाई उपचारमा समस्या भएको छ । 

 

भवन समेत प्रयोगविहिन बनेपछि प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीमा उपचारका लागि आउने बिरामीहरुको संख्या समेत घट्न थालेको छ ।


 

प्रतिकृया दिनुहोस