तीज कोशेली चाइना बेइजिङ्ग (भिडियो सहित )

गेमी समाचार डेस्क - रुकुम, ११ भदौ ।

काउली बुढीको नामले परिचित गायिका सन्ध्या बुढा र अमृत रेग्मीको आवाजमा सजिएको नयाँ तीज गीत बजारमा आएको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्व तीज नजिकिंदै गर्दा चाइना बेइजिङ्ग तीज गीत सार्वजनिक गरिएको हो । 

 

गीतमा चाइना बेइजिङ्ग र हङकङ्ग बजारको चर्चा गरिएको छ । गीतमा भनिए अनुसार यसपालीको तीजमा बेइजिङ्ग र हङकङ्गको रातो साडीमा अब सन्ध्या बुढा नाच्ने भएकी छन् । सन्ध्याको लागि चाइना बेइजिङ्गबाट अमृतले रातो साडी पठाईदिने छन् । रातो साडीको लागि अमृत चाइना बेइजिङ्ग हुँदै हङकङ्ग पुगेका छन् । चाइना बेइजिङ्गमा सन्ध्या संगै नेपाली महिला दिदिबहिनीहरु पनि हङकङ्गको रातो साडीमा नाच्ने भएका छन् । 

 

यस मिठासपूर्ण तीज गीतमा सन्ध्या बुढा र अमृत रेग्मीले आवाज दिएका छन् । लोक साँगीतिक क्षेत्रका सफल गायक तथा सर्जक अमितबाबु रोकायको लय संकलन रहेको गीतमा प्रकाश बिष्टले शब्द सृजना गरेका छन् । चाइना बेइजिङ्ग गीतमा रञ्जित परियार, अञ्जली अधिकारी र सुस्मिता गिरीको अभिनय रहेको छ । 
 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

https://youtu.be/6x8ozaWU4bw

 

प्रतिकृया दिनुहोस