आठविसकोट नगर अस्पताल उद्धघाटन

डिल्ली राज विश्वकर्मा 

आठविसकोट, १२ असोज ।

रुकुम पश्चिमको आठविसकोटमा आठविसकोट आज नगर अस्पताल उद्धघाटन गरिएको छ । आठविसकोट नगरपालिकाले सञ्चालनमा ल्याएको २५ सैयाको अस्पताल  प्रतिनिधिसभा सदस्य तथा पुर्व गृहमन्त्री जनार्दन शर्माले औपचारिक रुपमा उद्धघाटन गर्नुभएको हो । कार्यक्रममा बोल्द नेता शर्माले अबको समय नगरपालिका र जिल्लाले बालबालिकाको उज्वल भविष्यका लागी शिक्षामा र जनताको स्वास्थ्य अबस्थामा सुधार ल्याउनकै लागी शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष जोड दिनु पर्ने बताउनुभयो ।  

 


आठविसकोट नगरअस्पतालले गत आइतबार बाट विभिन्न सेवा शुरु गरेको थियो । स्थानीय सरकार संचालन ऐन मार्फत नगरपालिकाले २५ शैयाको अस्पताल संचालन गर्न पाउने व्यवस्था अनुसार नगर अस्पत्ताल सञ्चालन गरेको हो । सोही व्यवस्था अनुसार अस्पताल खोलेको नगरपालिकाले जनाएको छ  । अस्पताल स्थापनाका लागि नगरपालिकाले हालसम्म एक करोड बढी खर्च गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीले बताउनु भयो ।  

 


आठविसकोट नगरपालिकाका नगर प्रमुख गोर्ख बहादुर केसीको अध्यक्षता रहेको कार्यक्रममा नेकपा कर्णाली प्रदेश इन्चार्ज जनादन शर्मा प्रभाकरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमा राष्टियसभा सदस्य ठकेन्द्र प्रकाश पुरी, कर्णाली प्रदेश सरकारका भूमी व्यवस्था तथा कृषी सहकारी मन्त्री विमला केसी, वन तथा वातावरण पर्यटन मन्त्री नन्दसिं बुढा तथा कर्णाली प्रदेश साँसद गोपाल शर्मा, रातो कामी लगायतको आतिथ्यता रहेको थियो । निमित्त कार्यकारी अधिकृत रामबहादुर केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन मनिराज शाहले गर्नुभएको थियो । 

 


यसैबिच आउँदै गरेको हिन्दु नेपालीहरुको महान चाड वडा दसैँको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिएको छ । पुर्व गृह मन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले आयोजना गरेको शुभकामना आदनप्रदान तथा चिया पान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बडा दसैँको अवसरमा शुभकामना आदनप्रदान गरिएको छ । 

 

प्रतिकृया दिनुहोस