सर्बाधिक पुरस्कार राशीको भलिबलमा यामाहा स्वरुम रुकुम पश्चिम विजेता

डिल्ली राज विश्वकर्मा - मङ्सिर, ३ आठविसकोट 
पुरुष तर्फ 

रुकुम जिल्लामै हाल सम्मको सर्वाधिक पुरस्कार राशीको खुला पुरुष भलिबल प्रतियोगीताको विजेता यामाहा स्वरुम आठबीसकोट रुकुम पश्चिम भएको छ । यहाँको आठबीसकोट नगरपालिकाको राडीबजारमा गत कात्तिक २८ गते देखी शुरु भएको २४औं चौचारा मेलामा उक्त टिमले बाजी मारेको हो । त्यस्तै उपविजेतामा थ्रिस्टार युवा क्लब गीजा रुकुम पश्चिम भएको छ भने आठविसकोट नगरपालिका वडा नम्बर ८ दाजे र नलगाड नगरपालिका ९ तात्राका  टिम सान्त्वना भएका छन् । 

 

प्रतियोगीताको विजेता टिमले नगद रु १ लाख १० हजार सहित कप मेडल र प्रमाणपत्र, उपविजेता टिमले नगत रु ७० हजार सहित कप, मेडल र प्रमाणपत्र र सान्त्वना हुने दुई टिमले नगद रु ४०÷४० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । पुरुष तर्फको सबै भन्दा उतकृष्ट खेलाडी यामाहा स्वरुम रुकुम पश्चिमका विजयराज बस्नेत हुनु भएको छ । उहाँले नगद रु १५ सय सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ  । पहिलो चरणको खेल बेस्ट अफ थी्र लिकम आउट सिस्टममा खेलाइएको थियो ।

 

जम्मा १२ टिम सहभागी भएको खेलमा ८ वटा टिम सेमिफाइनल प्रवेश नगरी प्रतियोगीताबाट बाहिरीका थिए भने नलगाड नगरपालिका ९ तात्रा र आठविसकोट नगरपालिका ८ दाजेका टिम सेमिफाइनल प्रवेश गरी फाइनलमा नपुग्दै सेमिफाइनल बाटै बाहिरीएका थिए । 


महिला तर्फ 

 

महिला तर्फको खेलमा पनि यामाहा स्वरुम रुकुम पश्चिम विजेता बनेको छ । डाँफे मुनाल युवा क्लब रुकुम पश्चिम उप विजेता भएको छ भने नलगाड नगरपालिका ९ तात्रा र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गत्तासैना सान्त्वना भएका छन् । प्रतियोगीताको विजेता टिमले नगद रु ६५ हजार सहित कप मेडल र प्रमाणपत्र, उप विजेता टिमले नगद रु ४० हजार सहित कप मेडल र प्रमाणपत्र पाएका छन् भने सान्त्वना हुने दई टिमले नगद रु ४० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

 

महिला तर्फको उतकृष्ट खेलाडी यामाहा स्वरुम रुकुम पश्चिमका टिम क्याप्टेन उषा भन्डारी हुनु भएको छ । उहाँले नगद रु १५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको छ । 

 

प्रतिकृया दिनुहोस